बुहारीलाई कुटपिट गर्ने ससुरा पक्राउ
बर्दिया | साउन ३२, २०८०
बर्दियामा बुहारी कुट्ने ससुरा पक्राउ परेका छन् । आज बिहान सार्वजनिक स्थल सडकमा बुहारीलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
सोही आधारमा घटना यथार्थ भएको पाएपछि नगरपालिका–११ विजयनगरका ५३ वर्षीय भर्थरी चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । बुहारी २६ वर्षीया प्रमिलालाई घरबाट कुट्दै सडकमा पुर्याएका थिए । बुहारीलाइ हात र लात्ती
बेहोस हुनेगरी कुटपीट गरेको भिडियो सार्वजनिक भएको थियो ।
कुटपिट नगर भन्दै श्रीमती लगायत स्थानीय महिलाले रोकथाम गर्ने प्रयास गरे पनि मदिरा पिएका उनले अरू महिला माथी पनि आक्रमणको प्रयास गरेका थिए थिए ।
प्रमिलाका श्रीमान् ताप्लेजुङमा मजदुरी गर्न गएका छन् । यस अघिपनि मदिरा पिएर कुटपिट गरेक प्रमिलाले बताइन् । उनले भनिन्, ‘मेरो शरीरमा निकै चोट लागेकोले दुखाइ भइरहेको छ, कपाल लुछ्दै लात्तीले हिकाउँदै घर बाहिर ल्याएर कुटपिट गर्नु भयो ।
इलाका प्रहरी कार्यालय बासगढीका प्रहरी निरीक्षक सुधिर खड्काले मदिरा पिएर बुहारीमाथि बेहोस हुने गरी कुटपिट गरेका खुलासा भएको बताए ।
पोखरा । पोखरामा सम्पन्न फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगितामा एन डलर एफसी च्याम्पियन बनेको छ । रानीपौवा स्पोर्टस् सेन्टरमा शनिबार भएको फाइनल खेलमा मित्रबन्धु एक्स गेम हाउसलाई...
नागढुंगा-सिस्नेरी सुरूङमार्ग उद्घाटन भएको छ। आइतबार बिहान विशेष समारोह गरी नेपालकै पहिलो आधुनिक सुरूङमार्ग उद्घाटन गरिएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजद...
कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ। स्थानीयवासीको सहयोगमा घट...

